कञ्चनपुरबाट २ जना फरार प्रतिवादी पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा बहुविवाह र सवारी ज्यान मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन्।
बहुविवाह मुद्दामा १ वर्ष ६ महिना कैद सजाय तोकिएका बेलौरी नगरपालिका–२ बस्ने ४७ वर्षीय मानबहादुर चौधरी र सवारी ज्यान मुद्दामा ६ महिना कैद सजाय र २ हजार जरिवाना तोकिएको दोधारा चाँदनी नगरपालिका–१० बस्ने २० वर्षीय जय सिंह बुढामगर पक्राउ परेका हुन ।

कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका दुवै जनालाई मंगलवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । दुवै जनालाई कैद र जरिवाना भुक्तानीका लागि जिल्ला अदालत कञ्चनपुरमा पेस गरिएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
