अवर्गीकृत

सामाजिक संजालमा जातीय विभेदपुर्ण अभिव्यक्तिको स्टेटस लेख्ने विरुद्ध प्रहरीमा उजुरी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ कैलाली सामाजिक सामाजिक संजालमा जातीय विभेदपुर्ण अभिव्यक्तिको स्टेटस लेख्ने विरुद्ध प्रहरीमा उजुरी जातीय विभेदपुर्ण अभिव्यक्तिको स्टेटस लेख्ने विरुद्ध प्रहरीमा उजुरी टीकापुर नगरपालिकामा रहेको  साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका कार्यालय प्रमुख डम्बर विकलाई सिनो खाने कामी भनेर जातीय बिभेदपुर्ण स्टेटस सामाजिक सद्भाव भड्काएर सामाजिक सञ्जालमा स्टाटस लेख्ने माथि इलाका प्रहरी कार्यालय टिकापुरमा उजुरी परेको छ।

लोक कल्याणकारी विज्ञापन


सामाजिक सञ्जाल फेसबुकमा कपिल केसी नामको आइडी भएको व्यक्तिले टीकापुर खानेपानीका कार्यालय प्रमुख डम्बर बि क  विरुद्ध कामी भन्दै अनावश्यक गालीगलजका स्टाटस र कमेन्टहरु निरन्तर आउन थालेपछि इलाका प्रहरी कार्यालय टिकापुरमा उजुरी परेको हो।

लोक कल्याणकारी विज्ञापन


सो सम्बन्धमा इलाका प्रहरी कार्यालय टिकापुरका प्रमुखसँग कुरा बुझ्दा सो सम्बन्धी लिखित निवेदन आइसकेको र प्रहरी छानबिन गरेर जातीय अपेलना गरेको कसुरमा मुद्दा चलाउन लागेको बताउनुभयो ।
उहाँले निवेदन आइसकेपछि प्रहरी प्रक्रिया अगाडि बढाइसकेको र सो व्यक्ति को हो भन्ने विषयमा छानबिन गरिरहेको बताउनुभयो।
कपिल केसी भनेर सामाजिक सञ्जाल फेसबुकमा आइडी बनाएको व्यक्तिले आफ्नो प्रोफाइल लक गरेको छ।

बिज्ञापन


आफ्नो वास्तविक फोटो समेत नराखेर भगवानको फोटो प्रोफाइल पिक्चरका रुपमा राखेको सो व्यक्तिको उक्त फेसबुक  आइडी नक्कली ( फेक) हुन सक्ने अनुमान गरिएको छ ।
स्रोत : खप्तड खबर डट कम

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन