घटना

बञ्चरो प्रहार गरी दाजुको हत्या

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सप्तरी । सप्तरीको राजविराज नगरपालिका–२ स्थित पडरियामा घरायसी विवादका क्रममा भाइले दाईलाई बञ्चरो प्रहार गरी हत्या गरेका छन् ।

लोक कल्याणकारी विज्ञापन

स्थानीय नरेन्द्र झाले घरायसी विवाद हुँदा दाई लोकेन्द्र झाको टाउकोमा बञ्चरो प्रहार गर्दा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले बताए ।

लोक कल्याणकारी विज्ञापन

चालीस वर्षीय लोकेन्द्रको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बस्नेतको भनाइ छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन