घटना

बालिका बलात्कार अभियोगमा पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

उदयपुर । बालयौन दुव्र्यवहार र जबर्जस्ती करणीका दुई छुट्टाछुट्टै घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

त्रियुगा नगरपालिका–११ बरुवाटारमा डेरा गरी बस्ने ७ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा बरुवाटारका ४५ वर्षीय शुुभराज राईलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) केदारमान दोङले जानकारी दिए ।

बिज्ञापन

केही दिनअघि राति १० बजेतिर घरनजिकै बालिकालाई जबर्जस्ती करणी गरेको जानकारी आएपछि प्रहरीले खोजतलासका क्रममा राईलाई घरबाटै नियन्त्रणमा लिई उदयपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यसैगरी, त्रियुगा नगरपालिका–११ साकेलाटालमा १६ वर्षीय बालिकालाई बालयौन दुव्र्यवहार गरेको आरोपमा त्रियुगा नगरपालिका–११ साकेलाटोलकै २२ वर्षीय सागर परियारलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दोङले जानकारी दिए । परियारलाई उदयपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।