राष्ट्रिय समाचार

नागढुंगा सुरुङमार्गको दस्तुर तोकियो, ६० देखि ६ सय रुपैयाँसम्म 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सरकारले निर्माणाधीन नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोकेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले दस्तुर तोकेको हो। 

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार काठमाडौं भित्रिँदा र बाहिरिँदाको फरक–फरक दस्तुर राखिएको छ। 
 
कार र भ्यान काठमाडौं आउँदा ६५ तथा जाँदा ६० रुपैयाँ तोकिएको छ। 

बिज्ञापन

मिनीबस र मिनीट्रकका लागि काठमाडौं आउँदा ११५ र जाँदा ८० रुपैयाँ दस्तुर कायम गरिएको छ। ठुला बस र ट्रकको हकमा आउँदा २६० र जाँदा २०० रुपैयाँ राखिएको छ। भारी उपकरणको हकमा आउँदा ६ सय र जाँदा २५० रुपैयाँ राखिएको छ। 

सुरुङमार्गमा दुईपांग्रे सवारी चलाउन पाइनेछैन । यही वर्षदेखि सुरुङमार्ग प्रयोगमा ल्याउने सरकारको लक्ष्य छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।