राजनीति

दुई पूर्वडिआइजी, पूर्वकर्णेलसहितका अधिकारी रास्वपामा आबद्ध

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सशस्त्र प्रहरी बलका तीन उच्च अधिकारी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) प्रवेश गरेका छन्। पूर्वडिआइजीद्वय बिदुर खड्का र दुर्गा भट्टराई तथा पूर्वएसएसपी विश्वेश्वर थापा बिहीबार रास्वपामा आबद्ध भएका हुन् । 

त्यस्तै, नेपाली सेनाका पूर्वकर्णेल प्रद्युम्न पौडेल पनि रास्वपामा प्रवेश गरेका छन्। 

बिज्ञापन

नेपाली कांग्रेस निकट ट्रेड यूनियनका पूर्वउपाध्यक्ष ललितबहादुर श्रेष्ठ तथा अन्तर्राष्ट्रिय लायन्स क्लबकी पूर्वउपाध्यक्ष शोभा जोशीले पनि रास्वपाको सदस्यता लिएका छन् । पार्टीका कार्यवहाक सभापति डिपी अर्यालले उनीहरुलाई पार्टीमा स्वागत गरेका छन्। उनीहरुको प्रवेशबारे रास्वपाले भनेको छ ‘देशको सुरक्षाको पहिलो पंक्तिबाट सेवा गरेका, अनुशासन, त्याग र नेतृत्वको प्रतिमूर्ति यी तीन व्यक्तित्वहरू आज स्वच्छ राजनीति र इमानको यात्रामा संगठित भएका छन् । यो केवल सदस्यता ग्रहण होइन—यो त सडेको राजनीतिविरुद्धको विद्रोहको घण्टी हो, सुशासन र पारदर्शिताको घोषणापत्र हो ।

पछिल्लो दैनिक औसतमा एक हजार जनाले रास्वपाको सदस्यले लिइरहेको पार्टी प्रवक्ता मनिष झाले बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।