राजनीति

प्रचण्डलाई जनार्दनको जवाफ- कसैले काँध छोड्दैमा पृथ्वी ढल्दैन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेकपा माओवादीका उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डलक्षित टिप्पणी गरेका छन्। वर्तमान नेपाली राजनीतिको अग्रगामी रूपान्तरण बहस कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै शेषनागले पृथ्वी बोकेको कुरा दन्त्यकथा भइसकेको टिप्पणी गरे।

प्रचण्डले बुधवार एक कार्यक्रममा बोल्दै सरकारमा नभए पनि राजनीतिको खाँबो आफैँले थेगेजस्तो लागिरहेको बताएका थिए।

बिज्ञापन

प्रचण्डले भनेका थिए, ‘अहिले म सरकारको नेतृत्वमा छैन। प्रमुख प्रतिपक्ष दलको नेता छु। तर देशको राजनीतिको खाँबो मैले छोड्दिए भने भत्किहाल्छ जस्तो लाग्छ। गल्र्यामगुर्लुम ढल्नी पो हो कि जस्तो लाग्छ। पूरै जिम्मा मेरै काँधमा जस्तो लाग्छ।’

त्यसको जवाफ दिँदै शर्माले शेषनाग हल्लिँदा भूकम्प नआउने भन्दै विज्ञानले पृथ्वी किन हल्लिन्छ भन्ने पुष्टि गरिसकेको बताए।

उनले प्रचण्डलाई जवाफ दिँदै भने, ‘शेषनागले कहीँ पृथ्वी बोकेको पनि छैन। बोकेको पनि हुँदैन, त्यो त दन्त्यकथा हो। शेषनागले हल्लाइदियो भने भूकम्प आउँछ भन्ने कुरा दन्त्यकथा हो, आज त विज्ञानले अर्कै पुष्टि गरिसक्यो, त्यसकारण यो पृथ्वी चल्छ, केही ढल्दैन। पृथ्वी कसैले छोड्दैमा ढल्दैन।’

उनले संविधानमा उपलब्ध प्रगति गरेको भएपनि जनताले उपभोग गर्न जनताले पाउने अवस्था सिर्जना गर्न चुकेको बताए।
उनले थपे, ‘मैले गरेको प्रश्न म आफैँलाई हो। तर मैले आफैँलाई गरेको प्रश्नले अरू तर्सिन्छन् र पो गाह्रो छ। संविधानका धाराहरूले पानामा लेखेका कुराहरू नै उपयोग गर्नेतिर किन जान सकेनौँ।’

उनले आफू अन्तरिम कालदेखि संसद्मा निरन्तर रहेको बताउँदै पछिल्लो समय कानुन चोरी हुने ठाउँमा बेकार आइएछ भन्ने लाग्न थालेको बताए। पछिल्लो समय अध्यक्ष प्रचण्ड र उपमहासचिव शर्माबीच सार्वजनिक कार्यक्रममा सवाल जवाफ चल्दै आइरहेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।