रुबी हत्या : रिक्सामा लगेका थिए शवसहितको सुटेकस, गौरमा भेटियो चप्पल

९ भदौ, रौतहट । रौतहटको माधवनारायण नगरपालिका–२ की २६ वर्षीया रुबीकुमारी साहको हत्या गौर नगरपालिका–५ स्थित एक घरमा भएको खुलेको छ ।
सो घरमा डेरा गरी बसेका माधवपुरका लक्ष्मण पासवानले हत्यापछि उनको शव व्यवस्थापन गरेको प्रहरीको अनुसन्धानले देखाएसो क्रममा चालकले अर्को ई–रिक्सा बोलाउने प्रयास गरे ।को छ ।

प्रहरी स्रोतका अनुसार, उक्त शव ठेगान लगाउन पासवानले गौरको कबिर चोकबाट ई–रिक्सा बुक गरेका थिए ।
उक्त ई–रिक्सामा शव सहितको सुटकेस बोकेर पासवान बरहवा पुल पारि पुगेका थिए । पुल पारि पुगेपछि ई–रिक्साको पाङ्ग्रा बिग्रिएको थियो ।
सो क्रममा चालकले अर्को ई–रिक्सा बोलाउने प्रयास गरे ।रिक्सा चालक राजकुमार महरा अहिले प्रहरीको नियन्त्रणमा छन् । महराले प्रहरीलाई बताए अनुसार, सुटकेस बोकेका ती व्यक्तिले अर्को रिक्सामा जान इन्कार गरे ।
त्यसपछि पासवान सुटकेस लिएर पैदल नै अघि बढेको जानकारी रिक्सा चालक महराले प्रहरीलाई बयानका क्रममा भनेका छन् ।
सोही अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार, गौर–५ को बालमन्दिर पछाडि रहेको एक घरमा रुबीको चप्पल लगायतका सामग्रीहरू पनि फेला परेका छन् ।
प्रहरी स्रोतका अनुसार, उक्त घटना घटेको दिनदेखि नै पासवान सम्पर्कविहीन छन् ।
उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
