राष्ट्रिय समाचार

दीपक मनाङे (राजीव गुरुङ) लाई निर्वाचन लड्न ६ वर्ष रोक

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ । गण्डकी प्रदेशका पूर्व प्रदेशसभा सदस्य दीपक मनाङे भनिने राजीव गुरुङले जेल सजाय पूरा गरी बाहिर निस्के पनि तत्काल राजनीतिमा सक्रिय हुने बाटो नखुल्न भएको छ ।  सर्वोच्च अदालतको संवैधानिक इजलासले गत असार ४ गते उनको प्रदेशसभा सदस्यता खोसिदिएको फैसलाको पूर्णपाठ अहिले सार्वजनिक भएको हो।

फैसला अनुसार, गुरुङले अदालतबाट पाएको कैद सजाय भुक्तान गरे पनि संवैधानिक प्रावधानअनुसार थप ६ वर्षसम्म कुनै पनि निर्वाचित पदमा उम्मेदवार बन्न पाउने छैनन्। 

बिज्ञापन

यसअघि २०७४ को प्रदेशसभा निर्वाचनमा  विजयी भएका गुरुङ गण्डकी प्रदेशको राजनीति र सत्ता समीकरणमा निकै प्रभावशाली देखिएका थिए। तर, अदालतको निर्णयले उनको राजनीतिक भविष्यमा तत्कालका लागि ठूलो चुनौती खडा गरेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।