रुबि हत्या प्रकरणका आरोपित पासवानले आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते स्थानीय र प्रहरीले पुर्याए अस्पताल

काठमाडौ रौतहटको गौर नगरपालिका ९ मुडवलवा नजिक सुटकेसभित्र मृत अवस्थामा भेटिएकी रुबि साहको हत्याको हत्या प्रकरणमा संलग्न भएको भनिएका लक्ष्मण पासवानले मंगल बुधबार बिहान आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छ्न।
माधव नारायण नगरपालिका–६ स्थित एउटा नहर अगाडि बिहान लगभग ८ बजे पासवानले आफ्नै शरीरमा पेट्रोल हालेर आगो लगाएका हुन्। आगोले जलेर गम्भीर घाइते भएका उनलाई प्रहरीले स्थानीयको सहयोगमा तत्काल उपचारका लागि अस्पतालतर्फ लगिएको प्रहरीले जनाएको छ।
गत शनिवार राति बेबारिशे अवस्थामा भेटिएको सुटकेसभित्र रुबि साहको शव फेला परेपछि यस प्रकरणमा लक्ष्मण पासवानमाथि उक्त घटनामा मुख्य संलग्नरहेको आरोप लागेको थियो।

डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
