राष्ट्रिय समाचार

नापी अधिकृतसँग ६ करोडको अकुत सम्पत्ति 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

करिब ६ करोड रुपैयाँबराबरको अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक नापी अधिकृतविरुद्ध मुद्दा दायर दायर गरेको छ । जिल्ला नापी कार्यालय, रुपन्देहीका निमित्त प्रमुख सुग्रीव यादवविरुद्ध आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो। 

सरकारी मूल्यांकनअुनसार उनको पाँच करोड ७९ लाख ६२ हजार ४४० रुपैयाँबराबरको सम्पत्तिको स्रोत नखुलेको आयोगले जनाएको छ । यादव लामो समयदेखि राजनीतिक पहुँचका आधारमा उपसचिव प्रमुख हुने कार्यालयमा निमित्त प्रमुख भएर काम गर्दै आएका थिए । उनले छोराहरूसँग अंशबन्डा गरेर उनीहरूकै नाममा सम्पत्ति जोडेकोसमेत आयोगको आरोपपत्रमा उल्लेख छ । 

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।