रञ्जिता श्रेष्ठद्वारा नाउपा केन्द्रीय समितिको बैठक आह्वान
लोक कल्याणकारी विज्ञापन

नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले केन्द्रीय समितिको बैठक बोलाएकी छिन् ।
बैठकमा संस्थापक केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य, प्रदेश सभा सदस्य र पालिका प्रमुख, उपप्रमुखलाई समेत बोलाइएको छ ।
बिज्ञापन

केन्द्रीय समितिको बैठक यही भदौ १५ र १६ गते बस्ने गरी बोलाइएको छ । बैठक कान्तिपथको होटेल एल्लो प्यागोडामा बस्नेछ ।
बैठकमा समसामयिक राजनीतिक विषय, विधान संशोधन, केन्द्रीय सदस्य मनोनयन, निर्वाचन आयोगमा अद्यावधिक र विविध विषय एजेन्डाका रूपमा राखिएका छन् ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
