राष्ट्रिय समाचार

मन्त्रीलाई फोनमा धम्की दिने युवतीविरुद्ध तीनवटा मुद्दामा म्याद थप 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

खानेपानीमन्त्री प्रदीप यादवलाई धम्की दिएको आरोपमा पक्राउ परेकी युवतीविरुद्ध जिल्ला अदालत वीरगन्जबाट तीन दिन पुर्पक्षमा राख्न म्याद थप भएको छ। 

शनिबार पक्राउ परेकी किरण साहविरुद्ध तीनवटा मुद्दामा अदालतबाट म्याद थप भएको पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए। 

बिज्ञापन

किरणको विरुद्धमा विद्युतीय अपराधसम्बन्धी कसुर, सघीय सांसदलाई धम्की दिन नहुने कसुर र झुटा कुराको अफवाह फैलाएको कसुर मुद्दमा म्याद थप भएको उनले बताए। 
शनिबार मन्त्री यादवको सचिवालयबाट किरणविरुद्ध उजुरी परेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो।  

किरणले मन्त्री यादवलाई हैजा लागेर मान्छे मरेको तपाईं के गर्दै हो? भन्ने प्रश्न गरेकी थिइन्। 

शुक्रबार राति सामाजिक सन्जालमा सार्वजनिक एउटा अडियोमा खानेपानीमन्त्री यादव र किरणबिच कुराकानी भएको छ। उक्त अडियोमा किरणले कडा शब्दमा मन्त्री यादवलाई वीरगन्जमा फैलिएको हैजाबारे प्रश्न गरेकी छिन्।  

उनले खानेपानीमन्त्रीलाई फोन गरेर हैजासँग सम्बन्धित समस्याबारे जानकारी गराउन खोजेकी थिइन्। तर, पटक–पटक फोन गर्दा पनि मन्त्रीसँग कुरा गर्न नपाएपछि उनले आक्रोश व्यक्त गरेको अडियो सुनिन्छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।