सुदूरपश्चिम प्रदेश

डा. गोविन्द केसीले कैलालीको गेटामा सुरु गरे सत्याग्रह

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

मेडिकल विश्वविद्यालय सञ्चालनलगायत चारबुँदे माग गर्दै डा. गोविन्द केसीले कैलालीको गेटामा सत्याग्रह सुरु गरेका छन् । आज पत्रकार सम्मेलन गरेर डा. केसीले गेटा अस्पतालमा तीनदिने सत्याग्रह सुरु गरेको घोषणा गरे ।

डा. केसीले गेटामा सहिद दशरथ चन्द चिकित्सा शिक्षा विश्वविद्यालय सञ्चालन गर्न, निजी मेडिकल कलेजको सिटसंख्या वृद्धिको निर्णय खारेज गर्न, स्वास्थ्य प्रतिष्ठान र विश्वविद्यालयमा पदाधिकारी नियुक्त गर्न माग गरेका छन् । त्यस्तै, विगतको सम्झौताअनुसार इलाम, उदयपुर र डडेल्धुरामा मेडिकल कलेज सञ्चालन गर्नुपर्ने माग डा. केसीले अघि सारेका छन् ।

बिज्ञापन

भारत सरकारसँग कुरा गरेर अतिक्रमित नेपाली भूमि लिपुलेक फिर्ता ल्याउन डा. केसीले सरकारसँग माग गरेका छन् । त्यस्तै युक्रेन र गाजामा भइरहेको नरसंहारकारी युद्ध तुरुन्त बन्द गर्न डा. केसीले रुस र इजरायलसँग माग गरेका छन् ।

चिकित्सा क्षेत्र सुधारको माग गर्दै केसीको यो २३औँ सत्याग्रह हो । गेटाकै विषयमा यसअघि उनले तीनपटक सत्याग्रह गरेका थिए । पत्रकार सम्मेलनमा उनले गेटा विश्वविद्यालयमा तत्काल पदाधिकारी नियुक्त गर्न र पूर्ण क्षमतामा अस्पताल सञ्चालन गर्न माग गरे । सहिद दशरथ चन्द चिकित्सा शिक्षा विश्वविद्यालयसम्बन्धी ऐन पारित भए पनि सरकारले विश्वविद्यालयका पदाधिकारी नियुक्त गरेको छैन ।

विश्वविद्यालय तत्काल सुरु नगरे यहाँ निर्मित संरचना काम नलाग्ने बन्ने डा. केसीले बताए । गेटामा करिब ६ अर्ब ६८ करोड रुपैयाँको लागतमा भवनहरू बनेका छन् । तर, पाँच वर्षसम्म प्रयोगमा नआउँदा ती जीर्ण बन्न थालेका छन् ।

डा. केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको नाजायज हस्तक्षपले चिकित्सा शिक्षा आयोगले हालै निजी मेडिकल कलेजको सिटसंख्या बढाउने गैरजिम्मेवार निर्णय गरेको आरोप डा. केसीले लगाए ।

‘नेपालको सबैभन्दा ठुलो र पुरानो त्रिवि चिकित्सा शिक्षा अध्ययन संस्थान तथा शिक्षण अस्पतालले गुणस्तर जोखिममा पर्छ भनेर सयजना एमबिबिएस विद्यार्थी पढाउन हिचकिचाइरहेका छन् भने त्यसको एकतिहाइभन्दा कम पूर्वाधार र दश प्रतिशत हाराहारी बिरामी चाप भएका निजी कलेजहरूलाई १३० सिट दिनु दुर्भाग्यपूर्ण कुरा हो,’ उनले भने ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।