राष्ट्रिय समाचार

३० लाखको भवन बनाउँदा २७ लाख भ्रष्टाचार 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

 ३० लाख रुपैयाँको बजेटमा दुई लाख ७२ हजार रुपैयाँबराबरको काम गरेर बाँकी बजेट भ्रष्टाचार गरेको आरोपमा १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन तीन जिल्ला शिक्षा अधिकारीसहितका व्यक्तिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

तत्कालीन जिशिअहरू डा. गणेशप्रसाद भट्टराई, केशवप्रसाद दाहाल र ज्ञानमणि नेपालविरुद्ध मुद्दा दायर भएको हो । नेपालविरुद्ध यसअघि पनि अख्तियारले अर्काे मुद्दा दायर गरिसकेको छ । हलेसी तुवाचुङ नगरपालिका– ४ स्थित लक्ष्मी माध्यमिक विद्यालयको भवन बनाउन भनेर जिल्ला शिक्षा कार्यालयबाट २४ लाख विनियोजन भएको थियो ।

बिज्ञापन

बाँकी ६ लाख विद्यालयबाट व्यहोर्ने गरी ०७१/७२ मा सम्झौता भएको थियो । तर, फिल्डमा भने दुई लाख ७२ हजार ३२८ रुपैयाँ मात्रको काम गरी जिल्ला शिक्षा तथा विद्यालयका अधिकारीले भ्रष्टाचार गरेको अख्तियारको अभियोग छ । ३० लाख रुपैयाँकै भवन बनेको भनेर कागजी प्रतिवेदन बनाई सामान्य संरचना बनाएर उनीहरूले रकम हिनामिना गरेका हुन् । 

आयोगले जिल्ला शिक्षा कार्यालयका भुवनकुमार आचार्य, लेखापाल सुरेशकुमार श्रेष्ठ, सबइन्जिनियर शिवराज राई, विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्षहरू पृथ्वी दाहाल, शेषकुमार पौडेल, तत्कालीन प्रधानाध्यापकहरू राजेन्द्रप्रसाद दाहाल, ऋषिराम पोखरेल र नयनकुमार राईलाई प्रतिवादी बनाएको छ । विद्यालयकी लेखापाल सीता कार्की, भवन निर्माण गर्ने जिम्मेवारी पाएका अर्जुन तामाङविरुद्ध पनि मुद्दा दायर भएको छ । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।