घटना

आफ्नै नै बोर्डिङमा अध्ययनरत १४ वर्षे बालिका बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

आफ्नै बोर्डिङमा अध्ययन गर्ने १४ वर्षे बालिका बलात्कार गरेको आरोपमा प्रधानाध्यापक (प्रिन्सिपल) पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार बेलका नगरपालिका– २, कञ्चनजंगामा हिमशिखर सामुदायिक इंग्लिस बोर्डिङका प्रधानध्यापक ४७ वर्षीय युवराज श्रेष्ठ पक्राउ परेका छन् ।

उनले भने, ‘घटनाको प्रारम्भिक अनुसन्धानबाट अरोपित श्रेष्ठले बोर्डिङकै कार्यालय कोठामा बालिकालाई बलात्कार गरेको रहस्य खुलेको छ ।’ बालिकालाई जबर्जस्ती करणी गरेको हुँदा आवश्यक कारबाही गरिपाऊँ भनी आफन्तबाट नातामा भाउजू पर्नेले इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा उजुरी दिएपछि श्रेष्ठलाई पक्राउ गरिएको हो ।

बिज्ञापन

दोङले थप्दै भने, ‘पक्राउ परेका श्रेष्ठलाई हाल इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाकै हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको छ ।’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।