राजनीति

रुपन्देहीमा राप्रपाले प्रारम्भिक निर्वाचन प्रणालीमार्फत उम्मेदवार छान्ने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

राष्ट्रिय प्रजातन्त्र पार्टीले रुपन्देही ३ को उपनिर्वाचनका लागि प्रारम्भिक निर्वाचन प्रणालीमार्फत उम्मेदवार छान्ने भएको छ।

मंगलबार बसेको राप्रपा संसदीय समिति बैठकले उम्मेदवार छनोटमा प्रारम्भिक निर्वाचन प्रणाली अवलम्बन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।

बिज्ञापन

उम्मेदवार छनोटको निर्वाचनमा रुपन्देही–३ अन्तर्गत प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र प्रदेश सभा कार्यसमिति, सबै उपमहानगर, नगर, गाउँ र वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू मतदाता हुनेछन्।

यसैगरी, रुपन्देही–३ बाट प्रतिनिधित्व गर्ने प्रदेश कार्यसमिति र जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, रुपन्देही जिल्ला क्षेत्र नं ३ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारीहरू एवं आज (भदौ १७ गते) सम्म कायम रहेका रुपन्देही–३ भित्रका सबै तहका भ्रातृ संगठनका सक्रिय सदस्यहरूले पनि मतदान गर्नेछन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।