गोंगबुको एक घरमा प्रहरीको छापा : करिब ४ करोड नगद र सुन बरामद

प्रहरीले गोंगबुस्थित विनोदकुमार श्रेष्ठको घरबाट स्रोत नखुलेको करिब ४ करोड रुपैयाँ बरामद गरेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानी पोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष टोलीले गोंगबुको एक घरबाट ठुलो मात्रामा रकमसहित पक्राउ गरेको व्यक्ति स्वयं घरधनी रहेको खुलेको छ ।
काठमाडौं महानगरपालिका–२६, गोंगबुबाट पक्राउ परेका ७७ वर्षीय विनोदकुमार श्रेष्ठ आफैँ घरधनी रहेको पाइएको उपत्यका प्रहरी कार्यालय रानी पोखरीका एसएसपी तथा प्रवक्ता शेखर खनालले बताए।

भन्सार छलेर ल्याइएका गरगहनाको भण्डारण र त्यसको बिक्रीबाट आएको रकम हुन सक्ने प्रहरीले अनुमान गरेको छ। ती नगद र गरगहना भण्डारण गर्ने व्यक्ति र कारोबारी पहिचान भइनसकेको प्रहरीले जनाएको छ। यद्यपि, प्रहरीले उक्त रकम अवैध रहेको बताएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
