टिकटकमा हतियार प्रदर्शन गर्ने पक्राउ

काठमाडौं । टिकटकमा हतियार देखाउनेलाई प्रहरीले पक्राउ गरेको छ ।
मुस्ताङ, वारागुङ मुक्तिनाथ क्षेत्र गाउँपालिका वडा नम्बर १ घर भई स्वयम्भू बस्ने २१ वर्षीय कर्म साङ्पो ठकुरी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी परिसर, भद्रकाली र प्रहरी बृत्त लैनचौरको टोलीले उनलाई ठमेलस्थित न्यू भान्सा होटलबाट पक्राउ गरेको हो । ठकुरीले होटलको चौथो तलाको कोठामा हतियार सिरकभित्र पोको पारेर राखेका थिए ।
प्रहरीका अनुसार हर्नेट जस्तो देखिनेModel को TM-07K.K mdtsushirso JAPAN and foreign patents pending made in japan लेखेको हतियार बरामद भएको हो । अनुसन्धानका लागि पाँच दिनको म्याद थप भएको जिल्ला प्रहरी प्रवक्ता एसपी अपिलराज बोहराले बताए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
