राष्ट्रिय समाचार

प्रधानसेनापतिद्वारा हर्क साम्पाङ र दुर्गा प्रसाईंसँग छलफल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

राजनीतिक शून्यतापछिको अवस्थाको बारेमा छलफल गर्न प्रधानसेनापति अशोकराज सिग्देलले धरानका मेयर हर्कराज राई(साम्पाङ) र व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईसँग छलफल गरेका छन्। जंङगीअड्डामा बोलाएर उनले छलफल गरेका हुन्। 

अन्तरिम सरकार गठनका लागि सेनाले सवैपक्षसँग छलफल गरिरहेको छ। जेनजीका प्रतिनिधिहरुसँग पनि सैनिक नेतृत्वले छलफल गरिरहेको छ। 

बिज्ञापन

जेनजीको आन्दोलन चर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि कसरी अघि बढ्ने भन्नेमा राष्ट्रपति र प्रधानसेनापति सिग्देलले वार्ताका लागि आन्दोलनरत पक्षसँग आह्वान गरेका थिए। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।