राष्ट्रिय समाचार

आइतबारदेखि सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणका रिट सुनुवाइ हुने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सर्वोच्च अदालतमा आगामी आइतबारदेखि बन्दी प्रत्यक्षीकरणका रिटमा सुनुवाइ हुने भएको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले बिहीबार विज्ञप्तिमार्फत सो जानकारी दिएका हुन्।

सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले आइतबारदेखि बन्दी प्रत्यक्षीकरणका निवेदन दर्ता तथा नियमित सुनुवाइ गर्ने कार्य सुरु गर्ने निर्णय गरेको हो।

बिज्ञापन

गत मंगलबार भएको आगजनी, ढुंगामुढा, तोडफोड, लुटपाटबाट नेपालको न्यायिक इतिहासका महत्त्वपूर्ण दस्ताबेजहरू करिब–करिब नष्ट भएका उल्लेख गर्दै सर्वोच्चले उक्त घटनाप्रति दुःख व्यक्त गरेको छ।

‘नागरिकहरूको आस्थाको केन्द्रको रूपमा रहेको अदालतहरूमा भएको आगजनी तथा विध्वंसात्मक आक्रमणले नागरिकहरूका महत्त्वपूर्ण दस्ताबेजहरू, अदालतमा रहेका उपकरणहरू, सवारीसाधनलगायतमा अकल्पनीय क्षति पुग्न गएको छ। नेपालको न्यायिक इतिहासका महत्त्वपूर्ण दस्ताबेजहरू करिबकरिब नष्ट हुन गएका छन्,’ विज्ञप्िमा भनिएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।