लाइसेन्स छपाइ र वितरण अनिश्चितकालका लागि बन्द

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ र वितरण कार्य अनिश्चितकालका लागि बन्द गरिएको छ ।
यातायात व्यवस्था विभागले आइतबार सूचना जारी गर्दै सवारी लाइसेन्स र विद्युतीय सवारी दर्ता प्रणाली सम्बन्धी सेवा पूर्ण रूपमा अवरुद्ध भएको जानकारी दिएको हो ।

सूचनामा भनिएको छ, ‘विभागको संरचनामा भएको तोडफोड, आगजनी तथा चोरी/लुटपाटबाट इलेक्ट्रोनिक उपकरण, छपाइ मेशिन तथा सर्भरमा क्षति पुगेकाले लाइसेन्स छपाइ तथा वितरण कार्य तत्काल सम्भव छैन ।’
विभागले अर्को सूचना जारी नहुँदासम्मका लागि सूचना प्रविधि सम्बन्धी सम्पूर्ण प्रणाली बन्द रहने जनाएको छ ।
सवारी लाइसेन्सको आवेदन, परिक्षा पास भइसकेकाहरूको प्रिन्ट, नवीकरण र विद्युतीय सवारी दर्ताजस्ता नियमित सेवा अवरुद्ध हुँदा सयौँ सेवाग्राही प्रभावित भएका छन् ।
विभागले क्षतिग्रस्त उपकरणहरू पुनःस्थापना, सर्भर मर्मत तथा सेवा पुनःसञ्चालनका लागि आवश्यक प्रक्रिया सुरु गरिने जनाएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
