सुदूरपश्चिम प्रदेश

कुटपिट र अपमान सहन नसकी युवकको आत्महत्या

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी,२९ भदौ । कञ्चनपुरको वेदकोट नगरपालिका(४ बैतडाका २५ वर्षीय नरेश धानुकले कुटपिट र सामाजिक अपमान सहन नसकी आत्महत्या गरेका छन्।

धानुकले आत्महत्या गर्नुअघि फेसबुकमा लाइभ गर्दै आफूलाई ‘जेनजी’ भन्दै निर्वस्त्र पारेर कुटपिट गरिएको र सामाजिक अपमानकै कारण ज्यान दिने निर्णय गरेको बताएका थिए। उनले केही व्यक्तिलाई आफ्नो मृत्युका जिम्मेवार ठहरसमेत गरेका छन्।

बिज्ञापन

शुक्रबार राति उनलाई जबर्जस्ती मदिरा सेवन गराई निर्वस्त्र पारेर कुटपिट गर्दै गाउँभर दौडाइएको स्थानीयले बताएका छन्।

पीडित परिवारले शव नउठाउने चेतावनी दिँदै मृतकका छोराछोरीको जिम्मेवारी स्थानीय तह वा घटनामा संलग्न व्यक्तिले लिनुपर्ने माग गरेका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।