राष्ट्रिय समाचार

सार्वजनिक सवारी साधनका लागि हिजोदेखि रुट परमिट खुला

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ, ७ असोज /  यात्रुवाहक सार्वजनिक सवारी साधनका लागि हिजोदेखि रुट परमिट खुला गरिएको छ। चाडपर्वका बेला यात्रुहरूको आवागमन सहज बनाउन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले देशभर रुट परमिट खुला गरिएको जानकारी दिएको हो।

महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार अब असोज २२ गतेसम्म सार्वजनिक बस, माइक्रोबस लगायतका सवारीसाधनले रुट परमिट लिनु नपाई गन्तव्यसम्म पुग्न सक्नेछन्। तर, सडक संरचनाको कारण कुनै विशेष बाटोमा केही आकार वा प्रकारका गाडी चल्न निषेध गरिएको बन्देज भने यथावत् रहनेछ।

बिज्ञापन

सवारी चढ्दा यात्रुले अनिवार्य रूपमा टिकट लिनुपर्ने नियम पनि कायम गरिएको महासङ्घले जनाएको छ। त्यस्तै, आवतजावतलाई सहज बनाउन खाद्यान्न तथा अत्यावश्यक वस्तु ढुवानीबाहेकका ठूला ट्रेलरलगायतका सवारी साधनलाई नारायणघाट–काठमाडौँ खण्डमा आजदेखि पूर्णिमासम्म सञ्चालनमा रोक लगाउने सरकारी निर्णय कार्यान्वयनमा रहेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।