सुदूरपश्चिम प्रदेश

धनगढीको सडकलाई जेनजी मार्ग नामकरण

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–१ मा रहेको एउटा सडकलाई जेनजी मार्ग नामकरण गरिएको छ। 

जेनजी आन्दोलन र जेनजी सहिदहरुको सम्मानमा पार्कमोड, कभर्ड हल हुँदै क्याम्पस रोड जोड्ने सडकलाई जेनजी मार्ग नामकरण गरिएको हो। नेपालमा सत्ता नै उलटफेर गर्नेगरी भएको जेनजी आन्दोलन सफल भएपछि धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले सो मार्गलाई जेनजी मार्ग नामकरण गर्ने घोषणा गर्नुभएको थियो। 

बिज्ञापन

नगर प्रमुख हमालको घोषणापछि जेनजीहरुले नै जेनजी मार्ग लेखिएको बोर्ड ठाउँ ठाउँमा राखेको वडा नम्बर ३ का वडा अध्यक्ष राजबहादुर ऐरले बताए। उनले नगर प्रमुखले गरेको घोषणानुसार सडकको नामकरण जेनजी मार्ग राख्ने प्रस्ताव कार्यपालिकाको बैठकबाट पारित गरिने उल्लेख गरे।  

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।