अपरिचित समूहको गोली लागेर एक युवा घाइते
लोक कल्याणकारी विज्ञापन

पर्साको सीमानाकासँग जोडिएको छिपहरमाई गाउँपालिकाको झल्मैया गाउँमा गोली प्रहार भएको छ। गोली प्रहारबाट एक युवा घाइते भएका छन् । बिहीबार साँझ साढे ७ बजे अपरिचित व्यक्तिको गोली प्रहारबाट भिस्वा– ५ निवासी स्थानीय १७ वर्षीय गोलु आलम घाइते भएको प्रहरीका एसपी सुदीपराज पाठकले जानकारी दिए ।
लोक कल्याणकारी विज्ञापन

प्रहरीका अनुसार गोली लागेर घाइते भएका युवालाई उपचारका लागि सदरमुकाम वीरगन्जको नारायणी अस्पतालमा ल्याइएको छ। उनलाई कति राउन्ड गोली लागेको भन्नेबारे खुल्न नसकेको प्रहरीको भनाइ छ ।
लोक कल्याणकारी विज्ञापन

स्थानीय युवा आलममाथि के कारणले गोली प्रहार भएको यसबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गोली प्रहार गर्ने समूहका दुईजनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीकाे भनाइ छ ।
बिज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

