सन्त निरंकारी मण्डल नेपालद्वारा टीकापुरमा सरसफाई

टीकापुर, १३ अजोज । सन्त निरंकारी मण्डल नेपालद्वारा टीकापुरमा सरसफाई गरिएको छ । सन्त निरंकारी सत्संग भवन टीकापुरका सेवादल तथा साध संगतले हिजो नगर सरसफाई गरेका छन् ।

सन्त निरंकारी मण्डल नेपाल, शाखा टीकापुरले टीकापुर उद्योग बाणिज्य संघद्वारा आयोजना गरिएको नगर सरसफाई कार्यक्रममा टीकापुर बजारका विभिन्न ठाउँमा सरसफाई गरेको छ । विजया दशमी २०८२ को शुभ अवसरमा आयोजना गरिएको सरसफाई कार्यक्रममा मण्डलले उद्योग बाणिज्य संघको कार्यलय अगाडिदेखि नापी, मालपोत कार्यलय, सार्वजनिक स्लथ रहेको पुरानो हाट बजारको शौचालय, ईलाका प्रशासन कार्यलयको चारैतिर विभिन्न फोहोर तथा घासपात उखलेर सरसफाई गरेको छ ।


थैलि लिएर बाटोको फोहोर मात्र टिप्नु नभएर विभिन्न कार्यलय, सार्वजनिक स्थलमा भएका झारपात, फोहोर–मैलालाई व्यवस्थित गर्न सकिन्छ भने टीकापुरलाई अझै राम्रो–सुन्दर बनाउन सकिन्छ, सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावल बताउनुहुन्छ ।

उहाँले अगाडि भन्नुभयो कि सन्त निरंकारी मण्डलले सत्गुरु बाबा हरदेव सिंह जी महाराजद्वारा, ‘प्रदुषण भित्र होस वा बाहिर दुबै हानिकार हुन्छ’ भन्ने उद्धगारलाई आत्मसाथ गर्दै समय–समयमा नेपालका विभिन्न ठाउँमा रहेका पानीका स्रोतहरु जस्तै धारा, पँधेरा, इनार, कुवा, नदी, ताल, झरना, पोखरी आदिको सरसफाई तथा संरक्षण गर्दै आएको स्मरण गराउनुभयो । सन्त निरंकारी मिशनको प्रमुख लक्ष्य मध्य वातावरणलाई प्रदुषणबाट जोगाउनु पनि हो, उहाँले बताउनुभयो ।

सरसफाईमा सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावल, सेवादल संचालक, संचालिका, शिक्षक, सेवादल जवान लगाएत साध संगतका करिब ७५ जना सन्तहरुको सहभागिता रहेको थियो भने नगर सरसफाई कार्यक्रममा बाणिज्य संघका सदस्य तथा स्थानीय संघ–संस्थाहरुको पनि सहभागिता रहेको थियो ।


डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.