बझाङमा तीन दिनमा करेन्ट लागेर दुई जनाको मृत्यु

बझाङ। बझाङमा मष्टा गाउँपालिका–५ किनाडाका टोलमा १३ वर्षीय सुरेश आग्रीको सोमबार करेन्ट लागेर मृत्यु भएको छ ।
वर्षासँगै आएको हावाहुरीले च्यातिएर भुईँमा खसेको राष्ट्रिय प्रसारण लाइनको तारमा गोरु हेर्न जाने क्रममा छोइएकाले उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ । मृतक आग्री अङ्कलको घरमा बस्दै आएका थिए ।

यसअघि शुक्रवार बिहान छविसपाथिभेरा गाउँपालिका–४ शिरमातोलामा २० बर्सिया साबित्रा शाह धारामा पानी भर्न गएका बेला चुँडिएको तारको सम्पर्कमा पर्दा करेन्ट लागेर ज्यान गुमाएकी थिइन् । हालसालै विवाह गरेर आएकी शाहको विवाह भएको २८ दिनमै निधन भएको हो ।
मष्टा गाउँपालिकामा राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत् आपूर्ति हुन्छ भने छविसपाथिभेरा गाउँपालिका – ४ मा स्थानीय लघु जलविद्युत आयोजना सञ्चालनमा छ । तर, उचित मर्मत र सुरक्षात्मक उपायको अभावका कारण बारम्बार यस्ता घटना भइरहेका छन् ।
स्थानीयवासीले विद्युत् प्राधिकरण र सम्बन्धित निकायको लापरबाहीकै कारण यस्ता घटना बढिरहेको भन्दै तत्काल सचेतना र सुधारात्मक पहल गर्न आग्रह गरेका छन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
