राष्ट्रिय समाचार

घरमा लुकाएको ४० बोरा अनुदानको मल बरामद

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सिरहा । जिल्ला प्रशासन कार्यालयले अनुदानको ४० बोरा मल (डिएपी) बरामद गरेको छ । विशेष सूचनाको आधारमा गोलबजार नगरपालिका–६ मा व्यवसायी जितन सहनीको घरबाट लुकाएर राखिएको अवस्थामा मल बरामद गरिएको जिल्ला प्रशासन कार्यालयका अधिकृत सन्तोष रायले जानकारी दिए ।

उनले भने, “नेपाल सरकारद्वारा अनुदानित कृषि सामग्री कम्पनीको मल लुकाएको भन्ने गोप्य सूचनाको आधारमा छापा मार्दा ४० बोरा डिएपी र युरिया मल बरामद गरिएको हो ।”

बिज्ञापन

बरामद मल इलाका प्रहरी कार्यालयको निगरानीमा गोदाममै सिल गरिएको र घरधनी हालसम्म फेला नपरेकाले थप विवरण खुल्न नसकेको रायले बताए ।

यसअघि असोज ८ गते सोही स्थानबाट १५४ बोरा अनुदानको मल बरामद गरिएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।