७५ जिल्लामा डेंगु फैलियो, संक्रमित ५ हजार नाघे

काठमाडौं।यसवर्ष डेंगु संक्रमितको संख्या ५ हजार १९६ पुगेको छ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार देशका ७५ जिल्लामा डेंगु फैलिएको छ भने पछिल्लो एक सातामात्र २९४ नयाँ संक्रमित थपिएका छन्।
गण्डकीमा सबैभन्दा बढी १,३२७ जना संक्रमित भेटिएका छन्।त्यसपछि बागमतीमा १,१९१, लुम्बिनीमा ९११, कोशीमा ७३७, सुदूरपश्चिममा ६२२, कर्णालीमा २९६ र मधेशमा ११२ जनामा संक्रमण पुष्टि भएको छ।

विज्ञका अनुसार वास्तविक संक्रमित सरकारी तथ्यांकभन्दा धेरै छन्।दशैंमा मानिसहरूको आवतजावत बढ्दा संक्रमण फैलिने जोखिम रहन्छ।फोहोर व्यवस्थापन र पानी जम्ने ठाउँहरू नियन्त्रण नगरे डेंगु अझै बढ्न सक्ने चेतावनी विज्ञहरूले दिएका छन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
