स्वास्थ तथा सरसफाइ

७५ जिल्लामा डेंगु फैलियो, संक्रमित ५ हजार नाघे

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं।यसवर्ष डेंगु संक्रमितको संख्या ५ हजार १९६ पुगेको छ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार देशका ७५ जिल्लामा डेंगु फैलिएको छ भने पछिल्लो एक सातामात्र २९४ नयाँ संक्रमित थपिएका छन्।

लोक कल्याणकारी विज्ञापन

गण्डकीमा सबैभन्दा बढी १,३२७ जना संक्रमित भेटिएका छन्।त्यसपछि बागमतीमा १,१९१, लुम्बिनीमा ९११, कोशीमा ७३७, सुदूरपश्चिममा ६२२, कर्णालीमा २९६ र मधेशमा ११२ जनामा संक्रमण पुष्टि भएको छ।

लोक कल्याणकारी विज्ञापन

विज्ञका अनुसार वास्तविक संक्रमित सरकारी तथ्यांकभन्दा धेरै छन्।दशैंमा मानिसहरूको आवतजावत बढ्दा संक्रमण फैलिने जोखिम रहन्छ।फोहोर व्यवस्थापन र पानी जम्ने ठाउँहरू नियन्त्रण नगरे डेंगु अझै बढ्न सक्ने चेतावनी विज्ञहरूले दिएका छन्।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन