इलाममा पहिरो जादा दुईको मृत्यु १५ बेपत्ता

काठमाडौ लगभग ३६ घण्टा सम्म लगातार भैर्हेको बर्षाका कारण इलाममा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ भने १५ भन्दा धेरै बेपत्ता भएका छ्न।

देशको राजधानी लगायत विभिन्न ठाउँमा भैरहेको घटनामा इलामपनि अछुतो रहेन इलामको विभिन्न ठाउँमा खसेको पहिरोमा परि लगभग १५ जना भन्दा बढी बेपत्ता भएका छन् ।

इलाम नगरपालिका वडा नम्बर-६ घोसमा डम्बरबहादुर पाख्रिनको घर पहिरोले पुरिँदा दुई जनाको मृत्यु भएको र तीन जना बेपत्ता भएका छ्न छन्। घाइते दुई जनालाई अस्पताल लगिएको प्रहरीले जनाएको छ।

माइजोगमाई गाउँपालिका–६ का बर्मालाल सोग्मीका पाँच जना परिवारका सदस्य र मान्सेबुङमा पाँच जना बेपत्ता भएका छन्।
शन्दकपुर गाउँपालिका–३ सुलुबुङकी एक आमा र छोरी पनि पहिरोमा परेर हराएका छन्।
जिल्लाभर बाढी र पहिरोबाट ठूलो क्षति पुगेको छ। पानी रोकिएपछि उद्धार कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.