अवर्गीकृत

ओली र लेखकविरुद्धको जाहेरी प्रहरीले जाँचबुझ आयोगमा पठायो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

पूर्वप्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध सहिद परिवारले दिएको जाहेरी प्रहरीले जाँचबुझ आयोगमा पठाएको छ। जाँचबुझ आयोगको प्रतिवेदनपछि त्यसउपर कारबाही अघि बढाउने गरी काठमाडौं परिसरले आयोगमा पठाएको हो। 

सहिद परिवार तथा जेन–जी अगुवाहरूले सोमबार प्रहरीमा जाहेरी दिएका थिए। मंगलबार पनि सहिद परिवार र जेन–जी अगुवाहरू परिसर गएका थिए। आन्दोलनमा गोली हानेर हत्या गरेको घटनामा कर्तव्य ज्यान मुद्दामा कारबाहीको माग उनीहरूले गरेका छन्। 

बिज्ञापन

मंगलबार नै काठमाडौंका मेयर बालेन साह तथा हामी नेपालका संयोजक सुदन गुरुङविरुद्ध अनेरास्ववियुका नेताहरूले जाहेरी लिएर गएका छन्। उनीहरूको जाहेरी पनि आयोगमा पठाउने प्रहरी तयारी छ। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।