निर्वाचन आयोगले असोज ३० गते दलहरूसँग छलफल गर्ने
लोक कल्याणकारी विज्ञापन

आसन्न प्रतिनिधिसभा चुनावको विषयमा निर्वाचन आयोगले राजनीतिक दलसँग छलफलको तयारी गरेको छ । राजनीतिक दलहरूसँग संवादविनै चुनावी तालिका सार्वजनिक गरिएको भन्दै आलोचना भइरहेका वेला आयोग छलफलको तयारीमा जुटेको हो ।
लोक कल्याणकारी विज्ञापन

आयोग स्रोतका अनुसार आयोगले यही असोज ३० गते दिउँसो साढे ११ बजे राजनीतिक दलसँग छलफल गर्न लागेको हो ।
लोक कल्याणकारी विज्ञापन

यसअघि गत भदौ २३ गते दलसँग आयोगले छलफल गर्ने तयारी गरेकोमा जेन–जीको आन्दोलनले प्रभावित भएपछि केही ढिला भएको आयोगले जनाएको छ । आयोगले अब जतिसक्दो चाँडै राजनीतिक दलसँग छलफल गर्ने तयारी गरिएको बताइएको छ ।
बिज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

