निर्वाचन आयोगले असोज ३० गते दलहरूसँग छलफल गर्ने
लोक कल्याणकारी विज्ञापन

आसन्न प्रतिनिधिसभा चुनावको विषयमा निर्वाचन आयोगले राजनीतिक दलसँग छलफलको तयारी गरेको छ । राजनीतिक दलहरूसँग संवादविनै चुनावी तालिका सार्वजनिक गरिएको भन्दै आलोचना भइरहेका वेला आयोग छलफलको तयारीमा जुटेको हो ।
आयोग स्रोतका अनुसार आयोगले यही असोज ३० गते दिउँसो साढे ११ बजे राजनीतिक दलसँग छलफल गर्न लागेको हो ।
बिज्ञापन

यसअघि गत भदौ २३ गते दलसँग आयोगले छलफल गर्ने तयारी गरेकोमा जेन–जीको आन्दोलनले प्रभावित भएपछि केही ढिला भएको आयोगले जनाएको छ । आयोगले अब जतिसक्दो चाँडै राजनीतिक दलसँग छलफल गर्ने तयारी गरिएको बताइएको छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
