सुदूरपश्चिम प्रदेश

कञ्चनपुरका विपिन जोशी रिहा हुने सम्भावना बढ्यो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी।गाजापट्टीमा बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशीको रिहा हुने सम्भावना बढेको छ।

इजरायल र हमासबीच दुई वर्षदेखि जारी युद्ध अन्त्य गर्नका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको २० बुँदे युद्धविराम योजना दुबै पक्षले स्वीकार गरेका छन्।

बिज्ञापन

यदि युद्धविराम पूर्णरूपमा कार्यान्वयन भयो भने पहिलो चरणमै हमासले नियन्त्रणमा रहेका सबै बन्धकहरूलाई रिहा गर्नुपर्नेछ।यही कारणले जोशीसहित ४८ जना बन्धकको रिहाइको सम्भावना बढेको बताइएको छ।

इजरायल र हमासबीच सोमबार इजिप्टको राजधानी कायरोमा मध्यस्थकर्ताको सहजीकरणमा अप्रत्यक्ष वार्ता हुँदैछ।इजरायली स्रोतका अनुसार हमासको नियन्त्रणमा रहेका ४८ जनामध्ये करिब २० जना मात्र जीवित रहेको अनुमान गरिएको छ।

इजरायलस्थित नेपाली दूतावासका अनुसार जोशीको पछिल्लो अवस्थाबारे भने कुनै पनि आधिकारिक जानकारी सार्वजनिक भएको छैन।विपिन जोशी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका थिए।

उनलाई हमासले २०२३ अक्टोबर ७ मा अलुमिम किबुजबाट बन्धक बनाएर लगेको थियो। सोही आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।