देशभरका जुनसुकै निर्वाचन कार्यालय गएर फोटो खिचाउन र बायोमेट्रिक दिन सकिने

निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न चाहने व्यक्तिहरूका लागि अनलाइन फारम भर्ने व्यवस्था मिलाएको छ।
आयोगका अनुसार इच्छुक व्यक्तिहरूले अनलाइनमार्फत फारम भरेपछि जुनसुकै नजिकको निर्वाचन कार्यालयमा गई फोटो खिचाउने र बायोमेट्रिक दिन सक्नेछन्।

‘कात्तिक मसान्तसम्म मतदाता नामावलीमा नाम दर्ता गर्ने प्रयोजनका लागि अनलाइन फारम भरी जुनसुकै निर्वाचन कार्यालयमा गई फोटो खिचाउन र बायोमेट्रिक दिन सकिनेछ।’ आयोगले जारी गरेको सूचनामा भनिएको छ।
साथै, काठमाडौं उपत्यकाभित्र रहेका जिल्ला निर्वाचन कार्यालय, काठमाडौं (मीनभवन), ललितपुर (जावलाखेल) र भक्तपुर (सल्लाघारी, सिर्जनानगर) मा समेत उक्त सेवा लिन सकिनेछ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
