राष्ट्रिय समाचार

पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

पोखराको लिचीघारी जग्गासँग जोडिएको घुस प्रकरणमा संलग्न तत्कालीन दुई मन्त्रीसहित सातजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र घुस लेनदेनमा जोडिएकी पूर्वभूमिसुधारमन्त्री रञ्जिता श्रेष्ठसमेतलाई प्रतिवादी कायम गरेर घुस लेनदेनको कसुरमा मुद्दा दायर भएको हो । घुस लेनदेनमा संलग्न सुजन लामासहित पाँचजना बिचौलियालाई पनि अख्तियारले प्रतिवादी कायम गरेको छ । उनीहरूलाई कसुरका आधारमा अलगअलग बिगो कायम गरिएको छ ।

बिज्ञापन

अख्तियारका अनुसार राजकुमार गुप्तासँग ७८ लाख रुपैयाँ बिगो माग दाबी गरेको छ । बिचौलियासँग क्वार्टरमै ७८ लाख रुपैयाँ घुसको बार्गेनिङ गरेपछि विवादबिच गुप्ताले गत ३१ असोजमा मन्त्री पदबाटै राजीनामा दिएका थिए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।