राजनीति

 नेतृत्व सुध्रिन सकेन भन्दै रामकिशोर सिंहले त्यागे एमाले

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

वीरगन्ज महानगरपालिका– २० का वडाध्यक्ष रामकिशोर सिंह परागले जेन–जी पुस्ताको समर्थन जनाउँदै नेकपा एमाले छाडेका छन् । बुधबार उनले जेन–जी पुस्ताको सुशासन र परिवर्तनको चाहनामा समर्थन जनाउँदै नेकपा एमालेको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन् । 

लोक कल्याणकारी विज्ञापन

गत असोज ६ मा वीरगन्ज महानगर उपाध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गरेका परागले बुधबार भने एमालेको साधारण सदस्यबाटै राजीनामा दिएका हुन् । जन्मदिनको अवसर पारेर वडाध्यक्ष परागले अब नेकपाको एमालेको साधारण सदस्यबाट राजीनामा दिएको घोषणा गरे । नेकपा एमालेको नेतृत्व सुध्रिने संकेत नदेखिएपछि त्यस्तो पार्टीमा आफू बस्न नसक्ने निष्कर्ष निकालेर पार्टी परित्याग गरेको उनले बताए ।  

लोक कल्याणकारी विज्ञापन

यता नेकपा एमाले पर्सा जिल्ला अध्यक्ष डा. विश्वम्भर शर्माले भने एमाले वीरगन्ज महानगर कमिटीका उपाध्यक्ष परागले  राजीनामा लिखित रूपमा नदिएको जानकारी दिए ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन