राष्ट्रिय समाचार

ओली र प्रचण्डको सुरक्षाकर्मी फिर्ता गरिएकोमा कांग्रेस-एमालेको आपत्ति, गृहमन्त्रीको यस्तो जवाफ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले डाकेको सर्वदलीय बैठकमा आज पहिलोपटक सरकार र राजनीतिक दलहरु आमनेसामने भए । स्रोतहरुका अनुसार सरकार पक्ष र कांग्रेस–एमालेका नेताहरुबीच सामान्य वाद प्रतिवाद र नोकझोक भएको थियो ।

कांग्रेस–एमालेका नेताहरुले पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सुरक्षाकर्मी फिर्ता गरिएको विषय उठाए । राजनीतिक प्रतिशोधवस सरकारले यस्तो निर्णय लिएको भन्दै उनीहरुले आपत्ति जनाएका थिए । बैठकमा उपस्थित गृहमन्त्री ओमप्रकाश अर्यालले यसको प्रतिवाद गरे ।

बिज्ञापन

स्रोतका अनुसार गृहमन्त्रीले दलहरुको सरकारले बनाएको कार्यविधि र मापदण्डमा टेकेर नै यो निर्णय लिइएको बताएका थिए । उनले कोही नेतालाई अतिरिक्त सुरक्षा चाहिएको अवस्थामा परिस्थितिको मूल्यांकन गरेर सरकारले दिनसक्ने आश्वासन दिए । सुरक्षाकर्मीहरुलाई नेताहरुले अन्य घरायशी काममा दुरुपयोग गर्नु नहुनेमा पनि उनले ध्यानाकर्षण गराएका थिए ।

आजको बैठकमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि परेको जाहेरीको विषय भने उठेन । यो विषयमा कुनै पनि चर्चा नै नभएको एक नेताले जानकारी दिएका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।