राष्ट्रिय समाचार

विद्यालयमा शिक्षक नियुक्तिमा साढे ४ लाख घुस खाने प्रधानाध्यापक रंगेहात पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

विद्यालयमा शिक्षक नियुक्ति गर्दा साढे चार लाख घुस खाने प्रधानाध्यापक रंगेहात पक्राउ परेका छन्। राैतहटकाे जय किसान माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक संजय प्रसादलाई शनिबार अख्तियार दुरुपयोग अनुसन्धान आयाेगकाे टाेलीले घुससहित रंगेहात पक्राउ गरेकाे हाे। बिचौलिया अरविन्दप्रकाश साह कानु पनि पक्राउ परेका छन्। 

शिक्षक आवश्यकता भनी खुलाएको विज्ञापनमा सेवाग्राहीले रीतपूर्वक दर्खास्त दिएकोमा प्रधानाध्यापक संजय प्रसादले शिक्षक नियुक्तिका लागि बिचौलिया अरविन्दप्रकाश साह कानुमार्फत साढे चार लाख घुस मागेका थिए। 

बिज्ञापन

प्रधानाध्यापकले शिक्षक नियुक्तिमा घुस मागेकाे सूचना पाएपछि अख्तियारले केन्द्रीय कार्यालय टंगालबाट टाेली खटाएको थियाे। टोलीले सेवाग्राहीबाट घुसबापतको साढे चार लाख रकम बिचौलिया अरविन्द प्रकाश साह कानुले लिइसकेको अवस्थामा संजय प्रकाशसहित दुवैजनालाई रकमसहित वीरगन्ज महानगरपालिका वडा नं. १३ अदालत रोडस्थित होटेलबाट नियन्त्रणमा लिएकाे छ। घुस लिने र दिने दुवैउपर अनुसन्धान भइरहेकाे अख्तियारले जनाएकाे छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।