विश्वकप यात्राको संघारमा नेपाल, आज कतारसँग भेट

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपाल आफ्नो विश्वकप यात्रा लगभग सुनिश्चित गर्ने लक्ष्यका साथ कतारसँग प्रतिस्पर्धा गर्दैछ ।
समूह ‘बी’ को विजेताका रूपमा सुपर सिक्समा प्रवेश गरेको नेपालले यसअघि नै समूह ‘ए’ को विजेता संयुक्त अरब इमिरेट्स (यूएई) लाई रोमाञ्चक खेलमा १ रनले पराजित गर्दै महत्वपूर्ण ४ अंक जोडेको छ । आज राति ८:४५ बजे ओमानमा हुने खेलमा अंकविहीन कतारमाथि जित निकाल्दै नेपाल २०२६ को टी-२० विश्वकपमा आफ्नो स्थान पक्का गर्ने दाउमा छ ।

सुपर सिक्सको अंकतालिकामा नेपाल र ओमान समान ४-४ अंकका साथ क्रमशः दोस्रो र शीर्ष स्थानमा छन् । उत्कृष्ट रनरेटका कारण ओमान पहिलो स्थानमा रहँदा नेपालले दोस्रो स्थान सुरक्षित गरेको छ । २-२ अंक जोडेका यूएई र जापान क्रमशः तेस्रो र चौथो स्थानमा छन् भने कतार र सामाओ अझै खाता खोल्न सकेका छैनन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
