राष्ट्रिय समाचार

पेस्तोलसहित टीओबीको टिसर्ट लगाएका तेन्जेन दावा पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । टीओबी लेखिएको टिसर्ट लगाएर पेस्तोल बोकेको भिडियोमा देखिएका तेन्जेन दावालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आफूलाई टीओबी समूहको सदस्य बताउने दावा हाल जिल्ला प्रहरी परिसर काठमाडौंको नियन्त्रणमा छन् । उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको परिसरका प्रमुख एसपी पवन भट्टराईले जानकारी दिए ।

बिज्ञापन

प्रारम्भमा दावालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु लगिएको थियो । त्यसपछि उनलाई जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको हो ।

प्रहरीसँगको प्रारम्भिक बयानमा दावाले उक्त भिडियो जेनजी आन्दोलनभन्दा अघि सुटिङको क्रममा खिचिएको बताएका छन् । भिडियोमा देखिएको पेस्तोल नक्कली भएको दाबी पनि उनले गरेका छन् । प्रहरी स्रोतका अनुसार उनले सो पेस्तोल प्रयोग गरिएको दृश्य कुनै दृश्यांकनको हिस्सा भएको बताएका छन् ।

सामाजिक सञ्जालमा टीओबी लेखिएको ज्याकेट लगाएका एक व्यक्तिले पेस्तोल कम्मरमा राख्दै गरेको तस्वीर भाइरल भएपछि प्रहरी सक्रिय भएको थियो । ती तस्वीर र भिडियोका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको हो 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।