दुई महिनासम्म काठमाडौंका यी पाँच स्थानमा विरोधका कार्यक्रम गर्न बन्देज
लोक कल्याणकारी विज्ञापन

काठमाडौंका विभिन्न पाँच क्षेत्रहरूमा दुई महिनासम्म पाँचजनाभन्दा बढी भेला भई प्रदर्शन, धर्ना, जुलुस विरोधका कार्यक्रम गर्न नपाइने भएको छ ।
लोक कल्याणकारी विज्ञापन

विरोधका कार्यक्रमहरू आयोजना गर्दा उत्तेजित भिडबाट तोडफोड, आगजनी जस्ता उच्छृंखल तथा अवाञ्छित गतिविधि हुन सक्ने र आपसी मुठभेड, भिडन्त एवम् हुलदंगा वा अशान्ति हुन सक्ने भन्दै प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले विराेधका कार्यक्रमहरू निषेध गर्न शुक्रबार आदेश जारी गरेका हुन् ।
लोक कल्याणकारी विज्ञापन

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम शीतलनिवासलगायत क्षेत्रहरूमा कात्तिक १ गतेदेखि लागू हुने गरी दुई महिनासम्मका लागि प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको हाे ।
बिज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

