दुई महिनासम्म काठमाडौंका यी पाँच स्थानमा विरोधका कार्यक्रम गर्न बन्देज

काठमाडौंका विभिन्न पाँच क्षेत्रहरूमा दुई महिनासम्म पाँचजनाभन्दा बढी भेला भई प्रदर्शन, धर्ना, जुलुस विरोधका कार्यक्रम गर्न नपाइने भएको छ ।
विरोधका कार्यक्रमहरू आयोजना गर्दा उत्तेजित भिडबाट तोडफोड, आगजनी जस्ता उच्छृंखल तथा अवाञ्छित गतिविधि हुन सक्ने र आपसी मुठभेड, भिडन्त एवम् हुलदंगा वा अशान्ति हुन सक्ने भन्दै प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले विराेधका कार्यक्रमहरू निषेध गर्न शुक्रबार आदेश जारी गरेका हुन् ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम शीतलनिवासलगायत क्षेत्रहरूमा कात्तिक १ गतेदेखि लागू हुने गरी दुई महिनासम्मका लागि प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको हाे ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
