मेरो अन्तर्वार्ता छापिएपछि पूर्वमन्त्री खड्का नेपाल फर्किनुभयो : गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं नेपाली काँग्रेस नेता दीपक खड्का भागेको भनेर आफूले अन्तर्वार्ता दिएपछि उनी नेपाल फर्केको दाबी गरेका छन्।
सोमबार विपिन जोशीको श्रद्धाञ्जली सभामा जानेक्रममा सञ्चारकर्मीहरूलाई प्रतिप्रश्न गरे, ‘मैले अन्तर्वार्ता दिँदाको अवस्थामा उहाँ कहाँ हुनुहुन्थ्यो सोध्नुस् न ?’ खड्का जेनजी आन्दोलनपछि कहाँ थिए भन्ने कुरा उनी स्वयंले स्वीकारिसकेको गृहमन्त्री खड्काले बताए । ‘उहाँ आफैँले भन्नुभएको छ,’उहाँ स्थल मार्गबाट इन्डिया गएको थिएँ भन्नुभएको छ । कहिले जानुभएको थियो ? उहाँलाई सोध्नु पर्यो ?,’ उनले भने । अर्यालले आफूले उक्त अभिव्यक्ति दिँदा खड्का विदेशमै रहेको जिकिर गरे । ‘मैले बोलेको दिन उहाँ कहाँ हुनुहुन्थ्यो । इन्टरभ्यु छापिएपछि आउनुभयो नि उहाँ त,’ उनले भने ।

सिंहदरबारमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले पूर्वमन्त्री खड्काले स्वयं नै आफू स्थलमार्गबाट भारत गएको स्वीकार गरेको बताए। उनले आफूले अन्तर्वार्ता दिँदा पूर्वमन्त्री खड्का नेपालमा नरहेको दाबी गर्दै भने, ‘मैले कुन दिन बोलेको थिएँ, मैले बोलेको दिन उहाँ कहाँ हुनुहुन्थ्योरु अन्तर्वार्ता छापिएपछि आउनुभयो नि उहाँ त।’
आइतबार नयाँ पत्रिका दैनिकमा प्रकाशित अन्तर्वार्तामा पूर्वमन्त्री खड्का भागेको मन्त्री अर्यालले बताएका थिए।
जेनजी आन्दोलनलगत्तै पूर्वमन्त्री खड्का सडकमार्गबाट परिवारसहित भारत गएका थिए। राज्यका निकायहरुले गृह मन्त्रालयलाई सो जानकारी गराएका थिए। नेता खड्काले भने आफु भागेको नभई उपचारका लागि भारत गएको दाबी गरेका छन्। उनी आइतबार स्वदेश फर्किएका हुन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीमाथि विस्तृत छानविन गरिरहेको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
