सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम सरकारले विपिनको परिवारलाई दुई लाख सहयोग गर्ने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सुदूरपश्चिम प्रदेश सरकारले विपिन जोशीकाे परिवारलाई दुई लाख आर्थिक सहयोग गर्ने भएको छ। इजरायलमा हमासको आक्रमणबाट ज्यान गुमाएका कञ्चनपुरको भीमदत्त नगरपालिकाका जोशीको परिवारलाई पनि प्रदेश सरकारले  मानवीय सहायतास्वरूप दुई लाख सहयोग उपलब्ध गराउने जनाएको छ।

मुख्यमन्त्री कमलबहादुर शाहले २३ असोज २०८० मा बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार जोशीको परिवारलाई सहयोग गरिने बताए।

बिज्ञापन

सरकारले त्यो वेला जोशीसहित हमासको आक्रमणमा ज्यान गुमाएका अन्य विद्यार्थीका परिवारका सदस्यलाई पनि जनही २/२ लाखका दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो। निर्णयबमोजिम प्रदेश सरकारले मृतक ७ जनाका परिवारलाई सहयोगबापतको चेक हस्तान्तरण गरेको थियो। तर,  सो समयमा विपिन जोशीको अवस्था अज्ञात थियो। गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।