घटना

हतियारसहित एक नेपाली भारतमा पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

इनरुवा, कात्तिक ४ गते । सुनसरीको देवानगञ्ज गाउँपालिका–७ का एक युवा हतियारसहित भारतमा पक्राउ परेका छन् ।  देवानगञ्ज ७ राजगञ्ज सिनुवारीका २५ वर्षीय गणेश मेहतालाई नेपाल भारतको फुलकाह बजार सिमा क्षेत्रबाट पेस्तोल र ब्राउन सुगरसहित भारतीय प्रहरी र सिमा सुरक्षा बल एसएसबीले पक्राउ गरेका हुन् ।

मेहताको साथबाट एक थान पेस्तोल र १३.५५ ग्राम ब्राउन सुग फेला परेको जनाएको छ ।

बिज्ञापन

भारतीय एसएसबी कैंपको  प्रभारी सहायक सेना नायक राणा कुमारको  निर्देशनमा अपर थाना प्रभारी गुलशन कुमारको नेतृत्वमा पक्राउ गरेको थियो ।

पक्राउ परेका मेहताविरूद्ध मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अगाडि बढाइएको एसएसबी कैंपको सहायक सेना नायक राणा कुमारले जानकारी दिनुभयो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।