घटना

टिकटकर आँचल नाथ प्रकरणमा पाँच आरोपीमाथि मुद्दा,एक पक्राउ चार फरार

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी।टिकटकर आँचल नाथको मृत्यु प्रकरणमा जिल्ला अदालत काठमाडौंमा पाँच जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरिएको छ।जिल्ला प्रहरी परिसर,काठमाडौंले गरेको अनुसन्धानका आधारमा उक्त मुद्दा दायर गरिएको हो।

अदालतमा दायर मुद्दामा २६ वर्षीय सञ्जु विक, अनु भनिने उर्मिला विक, सरु भनिने सरस्वती भण्डारी, २२ वर्षीय राजेश बुढा र लक्ष्मी बुढालाई प्रतिवादी बनाइएको छ।उनीहरूमध्ये सञ्जु विक मात्र पक्राउ परेका छन् भने बाँकीलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ ।

बिज्ञापन

केही म्युजिक भिडियोमा देखिएकी कञ्चनपुरकी आँचल मोडलिङमा समेत सक्रिय थिइन्।प्रहरीका अनुसार आँचलले शरीरमा पेट्रोल छर्किएर आफैँलाई आगो लगाएकी थिइन्।गम्भीर रूपमा घाइते भएपछि उनलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका लागि लगेका थिए।उपचारका क्रममा चिकित्सकहरूले उनको मृत्यु भएको घोषणा गरेका थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।