ललितपुरमा पेस्तोल र चार लाख ७८ हजार नगदसहित एक युवक पक्राउ
लोक कल्याणकारी विज्ञापन

ललितपुरको धापाखेलबाट पेस्तोल र स्रोत नखुलेको चार लाख ७८ हजार नगदसहित एक युवक पक्राउ परेका छन्। खोटाङको साकेला गाउँपालिका- १ स्थायी घर भएका २३ वर्षीय शिवकुमार विकलाई ललितपुर प्रहरीले बुधबार साँझ पक्राउ गरेको हो।
लोक कल्याणकारी विज्ञापन

दिदीको घरमा बस्दै आएका उनले मदिरा सेवन गरेर होहल्ला गरेको सूचना पाएपछि असइ तेजप्रसाद भट्टराई नेतृत्वको टोली पुगेको थियो। उनको साथबाट गोली नभएको पेस्तोल र नगद भेटिएको प्रहरीले जनाएको छ। उनी विगत एक महिनादेखि दिदी तारा विकको टहरोमा बस्दै आएका थिए। सातदोबाटो वृत्तले उनीमाथि अनुसन्धान अघि बढाएको छ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

