निर्वाचनको तयारीमा जुट्न राजनीतिक दलहरूलाई प्रचण्डको आग्रह

नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दलहरूलाई निर्वाचनको तयारीमा जुट्न आग्रह गरेका छन्।
आइतबार गोरखामा आयोजित पार्टीको कार्यक्रममा प्रचण्डले चुनाव घोषणा भइसकेकाले चुनाव सफल पार्नु दलहरूको पहिलो कार्यभार रहेको प्रस्ट पारे।

उनले भने, ‘अब चुनाव घोषणा भइसकेको अवस्थामा चुनाव सफल पार्नु नै हाम्रो पहिलो कार्यभार हो। सरकारलाई निष्पक्ष निर्वाचनको वातावरण बनाउन आग्रह गर्दछु। चुनाव हुन्छ कि हुँदैन भन्ने होइन, अब चुनावमा लाग्नुबाहेक कुनै विकल्प छैन।’
जेन–जी आन्दोलनले उठाएका मुद्दा माओवादीले संविधानसभा चुनावदेखि नै उठाउँदै आएको उल्लेख गर्दै प्रचण्डले भने, ‘अब ती मुद्दा पूरा गर्न हाम्रो पहल र जोड हुनेछ।’
तत्कालीन प्रधानमन्त्री केपी ओलीको सिफारिसमै अन्तरिम सरकार बनेको प्रचण्डले दोहोर्याए। अन्तरिम सरकारप्रति माओवादीले समर्थन जनाएको उल्लेख गर्दै उनले भने, ‘तर, हाम्रो मत संसदबाट अनुमोदन गरेर र संविधान संशोधन गरेर मात्र संसद् विघटन गरौँ भन्ने थियो।’
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
