टीकापुर

दुर्गौलीमा जानकी गाउँपालिकाको प्रशासनिक भवन बन्ने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

 दुर्गौली । कैलालीको जानकी गाउँपालिकाको प्रशासकीय भवन बन्ने भएको छ । भवन निर्माणका लागि बिहीबार शिलान्यास गरिएको छ । 

भवन जानकी गाउँपालिका–१, दुर्गौलीमा निर्माण हुने बताएको छ । भवन निर्माणको ठेक्का त्रिवेणी लाफा शुभलक्ष्मी जेभी काठमाडौँले पाएको छ । निर्माण कम्पनीका इन्जिनियर मनिषकुमार साहुले १२ करोड ८० लाख रुपियाँमा ठेक्का सम्झौता भएर काम सुरु गरिएको जानकारी दिनुभयो । 

बिज्ञापन

पालिकाको प्रशासकीय भवन अपाङ्गतामैत्री, लिफ्टसहितको ५१ कोठाको हुने छ । भवनको निर्माण दुई वर्षभित्र सम्पन्न गरिने छ । गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि उद्योगी समाजसेवी कर्णप्रताप राणाले २०७६ सालमा एक बिघा १२ कट्ठा १० धुर जग्गा जानकी गाउँपालिकालाई दान गर्नुभएको पालिकाका पूर्वअध्यक्ष प्रदीपकुमार चौधरीले बताउनुभयो । चार वर्षअघि दानमा प्राप्त जग्गामा जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरी र उपाध्यक्ष लालमतीदेवी कठरियाले संयुक्त रूपमा भवन शिलान्यास गर्नुभएको हो । जानकी गाउँपालिका भवन नहुँदा वडा नम्बर १ का लागि बनेको सानो भवनबाट सेवा दिइरहेको छ । वडाको भवन बन्नुअघि भाडाको घरमा कार्यालय थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।