राष्ट्रिय समाचार

नेपाल–भारत सीमानाका ७२ घण्टाका लागि बन्द

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

छिमेकी मुलुक भारतमा हुन गइरहेको दोस्रो चरणको विधान सभा निर्वाचनलाई लक्षित गरी भारतसँग सीमा जोडिएका सिराहाका नाकाहरू ७२ घण्टाका लागि बन्द गरिएका छन् । 

जिल्ला प्रशासन कार्यालय सिराहाले सार्वजनिक सूचना जारी गर्दै छिमेकी मुलुक भारतको बिहार राज्यमा २५ कात्तिक (११ नोभेम्बर २०२५)  मंगलबार हुने दोस्रो चरणको विधान सभा निर्वाचनको सन्दर्भमा शान्तिसुरक्षा व्यवस्थापन गर्न ७२ घण्टाका लागि सीमानाका बन्द गरिएको जनाएको छ ।

बिज्ञापन

सूचनामा २३ कात्तिक राति १२ बजेदेखि २५ कात्तिक मध्यरातसम्म नेपाल–भारत सीमानाकामा मानवीय/आकस्मिक सेवाबाहेकका सम्पूर्ण आवागमन पूर्ण रूपमा बन्द गरिएको उल्लेख छ । सिराहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार पछिल्लो साता भारतको जयनगरमा भारतीय सुरक्षा अधिकारीहरूसँग भएको संयुक्त बैठकपछि शान्तिसुरक्षाका लागि सीमानाका बन्द गरिएको हो ।

सिराहाको माडरदेखि भगवानपुर ठाढीसम्म भारतसँग सीमा जोडिएको ४६.६ किलोमिटर भूभागमा माडर, ठाढी, बरियारपट्टि गरी तीन मुख्य नाका छन् ।  

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।